सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने मालपोतका हाकिम र जग्गाधनीलाई मुद्दा, २४ करोड बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मातपोत प्रमुखसहित आठजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले आइतबार मोलपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध गैरकानूनी रुपमा व्यक्ति विशेषलाई लाभ पुर्याइ राज्यलाई हानी पुर्याएको दाबी गर्दै मुद्दा दायर गरेको हो।

मालपोत कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली र नायब सुब्बा अग्नी बहादुर शाही र नायब सुब्बा अग्नी बहादुर शाही, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल, आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशील बहादुर रावल र बिमल बहादुर रावलविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर भएको हो ।

कैलालीको साविक नारायणपुर-८ मा २०२१ सालको फिल्डबुकमा जंगल कायम रहेको २७ बिघा जंगलबाट कित्ताकाट गरी हकभोगको जग्गा भन्ने बनाइ स्रेस्ता खडा गरिएको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here