सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४१ हजार नाघ्यो

काठमाडौं । सुनचाँदीको मूल्यले सोमबारपनि नयाँ रेकर्ड बनाएको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ९ सय रुपैयाँले नै बढेको छ। आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

चाँदीको भाउ ३० रुपैयाँ बढेर प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो पनि हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here