काठमाडौं ।काठमाडौं महानगर क्षेत्रभित्र सञ्चालित सबै पेट्रोल पम्पहरूले पहेंलो रंग अनिवार्य लगाउनुपर्नेछ। महानगरभित्र सञ्चालित पेट्रोल पम्पको अवस्था अध्ययन, अनुगमन तथा व्यवस्थापनका लागि गठन भएको समितिको निर्देशन अनुसार उक्त काम अघि बढी सकेको महानगरले जनाएको छ ।
महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई समान पहिचान संकेत दिनका लागि पहेंलो रङ्गाएको हो ।
महानगरले चालक र सर्वसाधारणको सुविधाका लागि सबै पेट्रोल पम्पका शौचालयहरू नियमित सरसफाई गर्न र निःशुल्क सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको छ ।
पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार प्रत्येक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नी नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा संकेत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ।