पब्जी मोबाइल सुपर लिगको खेल आजदेखि

काठमाडौं । काठमाडौंमा ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया स्प्रिङ २०२४’ हुने भएको छ । आज बेलुका ४: ४५ देखि बुढानिलकण्ठमा हुने यो प्रतियोगिता १५ जुनसम्म चल्ने छ ।

प्रतिोगितामा नेपालसहित बङ्गलादेश, पाकिस्तान, सीआईएस, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियालगायतका २० टिम सहभागी हुने छन् । नेपालबाट ‘डीआरएस गेमिङ’ र ‘होरा ई(स्पोर्ट्स’ गरी दुई टोलि सहभागी हुँदैछन् ।

प्रतियोगितामा शीर्ष चार टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने छन् । त्यस्तै पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछन् ।

२२ मे देखि ९ जुनसम्म लिग चरणको खेल हुनेछ । त्यस्तै फाइनल चरणका खेल १३ जुन देखि १५ जुनसम्म चल्नेछ । यो प्रतियोगिताको लिग चरणको लागि ४० हजार डलर र फाइनल चरणका लागि एक लाख १५ हजार डलर पुरस्कार राशि राखिएको छ । यसबाहेक हरेक चिकेन डिनर र हप्तासँगै प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई पनि पुरस्कार दिइने बताइएको छ ।

प्रतियोगिताको कुल राशि दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेको छ । ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’को फेसबुक पेज तथा युट्युब च्यानलबाट खेल लाइभ हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here