‘फर्की फर्की’ र ‘पुजार सार्की’ आजबाट हलमा

काठमाडौं । बुद्ध जयन्तीको बिदाको अवसर पारेर दुईवटा नेपाली चलचित्र ‘फर्की फर्की र ‘पुजार सार्की’ प्रदर्शनमा आएका छन् । फर्की फर्की’मा अनमोल केसीसँगै जसिता गुरुङ, रभी काफ्ले, समृद्धि अर्याललगायत कलाकार मुख्य भूमिकामा छन् ।

प्रदीप खड्का, आर्यन सिक्देल र पल शाहसँगै अञ्जना बराइली, परीक्षा लिम्बू, प्रेम सुब्बा, लोकेन्द्र लेखक मुख्य भूमिकामा रहेको चलचित्र ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।

केही दिन अघिदेखि अग्रिम टिकट बुकिङ खुला गरिएका चलचित्रले उत्साहजनक शोहरू पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here