सुनको भाउ तोलामा १८ सय घट्यो

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here