महिला एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २८ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपालले इन्दु बर्माको कप्तानीमा २८ जनाको प्रारम्भिक टिम सार्वजनिक गरेको हो ।

नेपाली टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री बेलबासे, सीता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजल श्रेष्ठ (विकेटकिपर), पूजा महतो, डली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोदार (विकेटकिपर), खुसी डंगोल, लक्ष्मी साउद, अलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्मचार्य, संगिता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ रहेका छन् ।

प्रतियोगिता १९ जुलाईबाट श्रीलंकामा सुरु हुनेछ । करुणा भण्डारीले राष्ट्रिय टिममा कमब्याक गरेकी छन् भने सावित्री धामी र हेलिसा गुरुङ नयाँ खेलाडीको रूपमा प्रवेश गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here