राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता, संसदमा देखिएको गतिरोधको विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेका प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलका बीचमा जारी संसद् गतिरोधबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति सचिवालयका अनुसार उक्त भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जारी संसदको गतिरोधबारे चासोसँगै चिन्ता व्यक्त गरे ।

भेटमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here