निर्वाचन भएको २ वर्षपछि व्यासका मेयरको असार २ गते पुन: मतगणना

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मेयरको पुनः मतगणना असार २ गते गर्न उच्च अदालत पोखराले आदेश दिएको छ ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न आदेश दिएको हो ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराएका थिए ।
कांग्रेसका बैकुण्ठनाथ न्यौपाने दुई सय ५२ मतान्तरले विजयी भएका थिए । न्यौपानेले १२ हजार ७८ र पराजित जोशीले ११ हजार ८ सय २६ मत पाएका थिए । निर्वाचनमा धाँदली भएको भन्दै जोशीले उच्चमा मुद्दा हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here