सीस्टम ह्याक गरी कृषि विकास बैंकबाट डेढ करोड चोरी

काठमाडौं, ८ असोज । एटीमए सिस्टम ह्याक गरी चिनियाँ नागरिकले करोडौं रुपैयाँ लट्टालुटदै पक्राउ परेको एक महिना पुगेको छैन ।

यहीबीचमा अर्को ठूलो चोरी काण्ड भएको छ । कृषि विकास बैंकको सिराहा लहानस्थित शाखाबाट सिस्टम ह्याक गरी १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ ।

नेपाल राष्ट्र बैंकले घटनाको पुष्टी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको राष्ट्र बैंकको भनाई रहेको छ । पछिल्लो समय वित्तीय असुरक्षा बढ्दै गएपछि नागरिकमा भने चिन्ता बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here