प्रहरी हिरासतमा रहेका सिरोहिया अस्पताल भर्ना

काठमाडौं । नागरिकतासम्बन्धी मुद्दामा थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।

उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ परीक्षणको लागि आवस्यक उपकरण नभएपछि राति काव्या अस्पतालमा भर्ना गरिएको छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको धेरैको दाबी छ ।

उनले आफूलाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका र अहिले टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएको प्रशासनसँग दाबी गरेका छन् । सिरोहियाको पछिल्लो अवस्था रिपोर्ट प्राप्त भएपछि मात्र भन्न सकिने चिकित्सकहरूले बताएका छन् ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here