म्यानचेस्टर युनाइटेडले जित्यो एफए कपको उपाधि

एजेन्सी । एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ । वेम्बली स्टेडियममा शनिबार राति म्यानचेस्टर सिटीलाई २–१ गोलले हराउँदै युनाइटेड १३औँ पल्ट एफए कप च्याम्पियन बनेको हो ।

फाइनलमा युनाइटेडलाई जिताउन अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले पहिलो हाफमै गरेको दुई गोल निर्णायक बन्न पुग्यो । ८७औँ मिनेटमा सिटीका जेरेमी डोकुले गोल गरे पनि हार टार्न त्यो पर्याप्त भएन । अहिलेसम्म सबैभन्दा बढी एफए कपको उपाधि भने आर्सनलले १४ पटक जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here