मेसीले पुनः बोके चोट, बार्सिलोनाको जीत

चोटका कारण करीव ३ महिना मैदान बाहिर रहेका बार्सिलोनाका कप्तान लियोनल मेसीले पुनः चोट बोकेका छन् ।

बुधबार बिहान सम्पन्न भिल्लारियलसँगको खेलमा मेसी जारी सिजनमा पहिलो पटक प्रथम ११ को सूचिमा समावेश भई मैदान छिरेको थिए ।

तर, पहिलो हाफमै उनी पुनः चोटग्रस्त भए । उनलाई उसमान डेम्बेलेले रिप्लेस गरेका थिए ।

मेसीको कप्तानीमा रहेको बार्सिलोनाले ६ खेलाट तेस्रो जित निकाल्ने क्रममा भिल्लारियरलाई भने २्१ गोल अन्तरले हरायो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान र अर्तुर मेलोले गोल गरेका थिए ।

भिल्लारियलका लागि स्यान्टी क्याजोर्लाले गोल फर्काएका पनि जीतका लागि पर्याप्त थिएन । खेलको छैटौं मिनेटमै ग्रिजम्यानले गोल गरी अग्रता दिलाएका थिए ।

यस सिजन खराब शुरुवात गरेपछि बार्सिलोनाको आलोचना भइरहेको छ । स्पेनिस लालिगामा बार्सिलोना साविक बिजेता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here