कांग्रेसको विरोध प्रदर्शन आज, उपत्यकाका तीन जिल्लामा १५ कमाण्डर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ ।

बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

काठमाडौंका १० क्षेत्रअनुसार क्रमशः उमेशज‌ग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।

ललितपुरका ३ क्षेत्रमा क्रमशः दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here