कांग्रेसको नाराबाजीकाबीच आर्थिक वर्षको राजश्व र व्ययको अनुमान पेश

काठमाडौं । नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले आज पनि संसद अवरोध गरेका छन् । नाराबाजीकाबीच अर्थमन्त्री वर्षामान पुनले आर्थिक वर्षको राजश्व र व्ययको अनुमान पेश गरेका छन् ।

आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताए ।

चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here