नेप्सेमा दोहोरो अंकको करेक्सन, ४ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा करेक्सन आएको छ । गत साता लगातार ११० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको करेक्सन आएको हो ।

यसदिन ३१५ कम्पनीको ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४१७ रुपैयाँ बराबरको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र सामूहिक लगानी कोष बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

होटल उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूह २.१९ प्रतिशतले घटेको छ ।

आज आइएमई लाइफ इन्स्योरेन्स र सीईडीबी हाइड्रोपावरको सर्वाधिक समान १५ करोड रुपैयाँ बढीको शेयर सर्वाधिक कारोबार भएको छ ।

कारोबारमा आएका मध्ये जम्मा २९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ ।

आज कालिञ्चोक दर्शनको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । इन्फिनिटी लघुवित्तका शेयरधनीले सर्वाधिक ६.३६ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here