गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा कांग्रेसको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौंमा सडक प्रदर्शन गरेको छ ।

सदनमा विरोध जारी राखेको कांग्रेसले काठमाडौं जिल्लाको समन्वयमा काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको हो । प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

कांग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समिति संयुक्त बैठकले केही दिनअघि गृहमन्त्री विरुद्ध सडकमा कार्यकर्ता उतार्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here