३ बजेलाई सर्‍यो बजेट भाषण

काठमाडौं । मंगलवार दिउँसो १ बजे तय भएको संयुक्त सदनको बैठक तीन बजेका लागि सरेको छ । आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषबाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here