४६ प्रतिशतले बढ्यो विषादीको प्रयोग

काठमाडौं । कृषिजन्य उत्पादमा प्रयोग हुने विषादी पछिल्लो समय झनै बढेको छ।

सार्वजनिक भएको महालेखा परीक्षकको ६१औँ प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७९/ ०८० मा पछिल्लो पाँच वर्षयताकै धेरै मात्रामा विषादी आयात भएको छ । यो आर्थिक वर्ष ०७५/ ०७६ को तुलनामा ४६.३ प्रतिशतले बढी हो ।

आर्थिक वर्षमा पाँच हजार ९७५ नामका ११ लाख ८३ हजार ७४१ केजी विषादी आयात भएको छ । तिनको मूल्य एक अर्ब ६९ करोड ६३ लाख रुपैयाँ रहेको प्रतिवेदतनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ९५ करोड बराबरको आठ लाख नौ हजार केजी विषादी आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here