वैदेशिक रोजगारी व्यवसायी संघको अध्यक्षमा गैरे निर्वाचित, महासचिवमा सुजित श्रेष्ठ

काठमाडौं, ८ असोज । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साधाराणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

निर्वाचनमा खसेको ६ सय १९ मतमध्ये उनले ३ सय ३० मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी सरोजकुमार पोखरेलले २ सय ८३ मत प्राप्त गरे ।

गैरे नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यावसायी फोरमका पूर्वअध्यक्ष एवं अक्सन इन्टरनेशनल प्रालिका सञ्चालक हुन ।

साधारणसभाले संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङलाई निर्वाचित गरेको छ ।

त्यसैगरी, सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई र लक्ष्मण पौडेल विजयी भएको संघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here