उपलब्ध हुन थाल्यो ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको १०० नयाँ को नोट

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैँकले ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको सय रुपैयाँको नयाँ नोट चल्तीमा ल्याएको छ ।

मंगलवार एक सुचना प्रकाशन गर्दै बैंकले उक्त नोट बजारमा उपलब्ध हुने जानकारी दिएको थियो ।

मंगलवारबाट बजारमा चल्तीमा आएको नयाँ १०० को नोटमा आकार, प्रकार र रंगभने पहिलेको जस्तै नै छ, तरपनि उक्त नोटमा केही कुरा भने नयाँ छ ।

यस्तो छ नयाँ नोट

बजारमा उपलब्ध नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र छ । त्यस्तै, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भ र अंग्रेजीमा लेखिएको ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ छ ।

साथै नयाँ नोटको पछाडीको मध्य भागमा एक सिङ्गे गैंडाको माउ र बच्चाको चित्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here