काठमाडौं र बुटवलमा आईटी पार्क बनाइने

काठमाडौं । काठमाडौं उपत्यका र बुटवलका सरकारी तथा नीजि भवन उपयोग गरी आईटी पार्क स्थान निर्माण गरिने भएको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आईटी पार्कको लागि काठमाडौं र बुटवलका सरकारी तथा नीजि भवन उपोग गरिने घोषण गरेका हुन् ।

पार्कमा ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान समेत उपलब्ध गराइने उनले बताए । उपलब्ध सकारी तथा नीजि भवन उपयोग गरि उच्च गतिको इन्टरनेट, विद्युत, सुरक्षा लगायतका पूर्वाधारहरुको विकास गरी सूचना प्रविधि पार्कको काम अगाडि बढाइने छ । आईटी पार्कमा तीन वर्षसम्मका लागि ‘वर्क स्टेशन’ सञ्चालन गर्न निःशुल्क स्थान प्रदान गरिने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here