प्रधानमन्त्री पत्नी सीताको नामका कलेज स्थापनाको घोषणा

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गीय पत्नि सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन्।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले भने, ‘काठमाडौं विश्व विद्यालयमा सिता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी योगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’ तर कति बजेटको व्यवस्था गरिएको छ भन्ने बारे भने उनले खुलाएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here