तराईमा तीनदिनसम्म तातो हावा चल्ने अनुमान, तापक्रम ४० डिग्रीभन्दा माथि

काठमाडौं । देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

मौसमविदहरुका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा केही दिनयता गर्मी बढेको छ । यी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ ।
तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here