‘आर्थिक विचलन देखिएपछि बाध्य भएर विद्युतीय गाडीको कर बढायौं’

काठमाडौं । सरकारले विद्युतीय गाडीमा लगाइएको करमा विचलन देखिएपछि बढाउन बाध्य भएको जवाफ दिएको छ।

बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रियाका क्रममा राजस्व सचिव रामप्रसाद घिमिरले धेरै विचलन देखिएकाले विद्युतीय गाडीको कर बढाउनुपरेको जवाफ दिए ।

आर्थिक वर्ष २०८१/८२ को बजेटबारे आयोजित अन्तरक्रियाका क्रममा घिमिरेले भने- ‘ईभीमा कर विचलन नै देखियो, त्यसैले बढायौं । सुरूमा उत्साही भएर घटायौँ । बीचमा हेर्नु पर्ने नै थियो’, उनले भने, ‘राज्यले ईभीलाई दिएको प्राथमिकतामा तलमाथि हुँदैन । कर विचलन मात्रै नियन्त्रण गर्न खोजेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here