विश्वकप छनोट: नेपाललाई चोटको मार, अन्जनसहित केहीले खेल्न नसक्ने

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२६ को एसियाली छनोटका अन्तिम दुई खेल खेल्न आगामी साता साउदी अरबको यात्रा गर्दै छ । नेपाली टोली यतिबेला चोटको मारमा परेको छ ।

स्टार स्ट्राइकर अन्जन विष्ट कम्तिमा २ महिना खेल्न नसक्ने अवस्थामा छन् । बेलायत भ्रमणका बेला उनी घाइते हुन पुगेका थिए । अन्जन सिनियर नेपाली राष्ट्रिय टोलीका सर्वकालिन सर्वाधिक गोलकर्ता हुन् । उत्सव राई, दिनेश हेन्जन, फत्तेमान घले, समिर तामाङ र योगेश गुरुङ पनि चोटग्रस्त छन् । यमध्ये अधिकांशले आगामी खेल खेल्ने सम्भावना कम छ ।

चार टोली रहेको समूहबाट शीर्ष दुई टोली एसियाली छनोटको तेस्रो चरणमा पुग्नेछन् भने अन्तिम दुई टोलीले एसिया कपको लागि तेस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here