लाइन बस्ने झञ्झट किन ? अनलाइनबाटै लिनुहोस दशैमा घर जाने बसको टिकट

जितेन्द्र खनाल

काठमाडौं, ८ असोज । टिकट खुलेको २ दिनमा नै २० हजार भन्दा धेरै मानिसहरुले लाइन बसेर टिकट लिए । रातभर लाइन बस्दा समेत टिकट नपाएको भन्दै कतिपय त रिसाएरै घर फर्किए ।

तर, तपाईंलाई थाहा छ अनलाइनबाट पनि दशैंमा घर जाने टिकट लिन सकिन्छ । बिगत ६ वर्षबाट सञ्चालनमा रहेको ‘बससेवा डट कम’ ले यात्रुहरुको लागि अनलाइनबाटै बसको टिकट लिन सकिने सेवा प्रदान गर्दै आएको छ ।

यसरी गर्ने अनलाइन बुकिङ्ग

अनलाइन टिकट बुकिङ्ग गर्नको लागि गुगलमा ‘बससेवा डटकम’ http://bussewa.com/ सर्च गरेपछि बससेवाको होम पेजमा विभिन्न स्थानहरु देखाउछ ।
जसमध्येबाट आफूले जान चाहेका स्थान क्लिक गरेपछि कुन दिन जाने भन्ने अप्सन आउँछ उक्त स्थानमा आफू जाने दिन राख्नुपर्छ ।

त्यहाँ उपलब्ध फोन नम्बरहरुमा फोन गरेर पनि टिकट बुकिङ्ग गर्न सकिन्छ । बससेवा डटकमका महाप्रबन्धक मोहन बेलाबासेका अनुसार दशैमा घर जानका लागि मात्रै ८ हजारभन्दा धेरैले टिकट बुक गरिसकेका छन् ।

६० भन्दा धेरै स्थानमा अनलाईन बुकिङ्ग सेवा

महाप्रबन्धक बेलबासेका अनुसार नेपालदेखि भरतसम्मका विभिन्न स्थानमा अनलाइनबाटै टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था रहेको छ ।

काकडभिट्टा, बिरगन्ज, दिल्ली, भद्रपुर, गौर, बुटवल, बिर्तामोडा, हेटैडा, भैरहवा, बुधबारे, चितवन, सुनौली, बनियानी, गोरखा, लुम्बिनी, पशुपतीनगर, लमजुङ, तौलिहवा, तेह्रथुम, भुलभुले, कृष्णनगर, ईलाम, बेशीसहर, पाल्पा, मंगलबारे, मन्थली, सिन्धुली, गुल्मी, फिक्कल, रामेछाप, सिमलटारी, दमक, अर्घाखाँची, इटहरी, सोलु, परासी, लेटाङ्ग, हलेसी, महेशपुर, धरान, दिख्तेल, दाङ, बिराटनगर, ओखलढुंगा, तुल्सीपुर, कटारी, लालबन्दी, नेपालगन्ज, कल्यानपुर, बर्दिबास, कोहलपुर, गाईघाट, मलङ्वा, सुर्खेत, लहान, सर्लाही, दैलेख, मिर्चैया, भक्तिपुर, मनकामना, राजबिराज, त्रिभुवननगर, सौराहा, जनकपुर, सिराहा, पोखरा, जलेश्वर, ईटहरा, सौठा, नयाँपुल, जटही, जिरी खिम्ती, गौरिगंज, गौरादह, बसन्तपुर, सिधुवा, धनकुटा आदी स्थानहरुमा उपलब्ध छन् ।

साथै हाल उपलब्ध नभएका स्थानहरुमा पनि निकट भविष्यमा सेवा दिने योजना रहेको उनले जानकारी दिए ।

निजी यातायात व्यवसायीले साथ दिए सबै सेवा अनलाईनबाट दिन्छौं

सबै निजी यातायात व्यवसायीले साथ दिएमा रातभर लाइन बसेर टिकट लिनुपर्ने अबस्थाको अन्य हुने महाप्रबन्धक बेलबासेले बताए । ‘सबै व्यवसायीले साथ दिएमा रातभर लाइनबस्ने प्रचलनको अन्त्य हुन्छ’ उनले भने ‘सरकाले पनि यस विषयमाम ध्यान दिनुपर्छ ।’

अन्य समयमा पनि दैनिक १५ सयले टिकट बुकिङ्ग गर्छन्

महाप्रबन्धक बेलबासेका अनुसार दशैं बाहेक अन्य समयमा पनि १ हजार देखि १५ सय सम्म यात्रुहरुले टिकट टिकट बुक गरेर यात्रा गर्ने गरेका छन ।
‘अन्य समयमा पनि दैनिक १ हजार देखि १५ सय जनासम्म मानिसहरुले टिकट बुकिङ्ग गरेर यात्रा गर्ने गर्छन्’ उनले भने ‘यो संख्या बढदै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here