ठेक्का सम्झौता अनुसार काम नगर्ने थप १८ कम्पनी कालोसूचीमा

काठमाडौं । ठेक्का लिएर सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई सरकारले धमाधम कालोसूचीमा राख्न थालेको छ ।

चालु आर्थिक वर्षको १० महिना (वैशखसम्म) झण्डै २०० कम्पनीलाई कालोसूचीमा राखेको सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार एकैदिन थप १८ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले ती निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो । विभिन्न नियकायहरूको सिफासिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स, धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई ३/३ वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै, बिकोई-जय बागेश्वरी-सिस्ने जेभी नेपालगञ्ज, र बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगञ्ज, धुलिखेल-जेके जेभी कोहलपुर बाँके, धुलिखेल निर्माण सेवा र जेके बिल्डर्स, कोहलपुर २ वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यसैगरी, मेलिना एण्ड मिलन र्मिाण सेवा, जुम्ला, एच एण्ड जे ट्रेडर्स, वीरगञ्ज, ओम कन्स्ट्रक्सन, नुवाकोट, ईसा कन्स्ट्रक्सन, वीरगञ्ज, शिवाणी इन्टरप्राइजेज, वीरगञ्ज, शुविहान कन्स्ट्रक्सन, बागलुङ र हिमशिखर निर्माण सेवा बैतडी १/१ वर्षका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here