सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क लिन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय प्रयोग गरेवापत शुल्क नलिन आग्रह गरेको छ । महानगरले सार्वजनिक शौचालय प्रयोगकर्तासँग शुल्क नलिन सञ्चालक तथा व्यवस्थापकलाई अनुरोध गरेको हो । महानगरपालिकाले सूचना जारी गरी सार्वजनिक उपयोगमा रहने गरी निर्माण गरिएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुमा सेवाग्राहीसँग कुनै शुल्क नलिने व्यवस्था गर्न भनेको हो ।

महानगरपालिकाका अनुसार यो व्यवस्था १५ दिनपछि पूर्णरुपमा कार्यान्वयनमा ल्याइने छ । शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकहरुलाई जेठ १८ गतेदेखि १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न पनि भनिएको छ ।

सो समयअवधि पश्चात् महानगरपालिका भित्रका सबै सार्वजनिक शौचालयहरु निःशुल्क सञ्चालन गर्नुपर्ने महानगरपालिकाले छ ।

साथै सूचना विपरीत सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क असुल गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले चेतावनी समेत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here