टी–२० विश्वकप: पहिलो खेलमा अमेरिका र क्यानडा भिड्दै

एजेन्सी । टी–२० क्रिकेट विश्वकप प्रतियोगिता आजदेखि शुरू भएको छ । उद्घाटन खेलमा सहआयोजक अमेरिका र छिमेकी क्यानडा बिहान सवा ६ बजे प्रतिस्पर्धामा उत्रिएका छन् ।
अमेरिकाले पहिले फिल्डिङ गरिरहेकाे छ । कप्तान मोनाक पटेलले टस जितेर फिल्डिङ गर्ने निधो गरेका हुन् ।

प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here