टी-२० विश्वकप:अमेरिकाको विजयी सुरुआत

काठमाडौं । आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

बिहान भएको उद्घाटन खेलमा अमेरिकाले क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गरेको हो। विश्वकपको डेब्यु खेलमा अमेरिकाले १९५ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

अमेरिकाका लागि आरोन जोन्सले नटआउट ९४ रनको योगदान दिए। उनले ४० बलमा १० छक्का र ४ चौका प्रहार गरे। एन्ड्रिस गोउसले ४६ बलमा ६५ रन बनाए। उनले ३ छक्का र ७ चौका प्रहार गरेका थिए।

क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले समान १–१ विकेट लिए। डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here