सन्दीपले दिए नेपाली टोलीलाई शुभकामना

काठमाडौं । अमेरिकाले भिषा दिन अस्वीकार गरेपछि विश्वकप खेल्नबाट बञ्चित भएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले नेदरल्यान्डविरुद्धको खेलअघि नेपाली टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

सन्दीपले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै भनेका छन्, ‘उत्कृष्ट प्रदर्शनका लागि मेरो शुभकामना छ । प्रतियोगितामा तपाइँहरु उत्कृष्ट प्रदर्शन गर्नुहोस् । नेपालको गौरव बढाउनुस् । जय नेपाल ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here