टी-२० विश्वकप: नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले नेपालाई ६ विकेटले हराएको हो ।नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्यनेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।

नेदरल्यान्ड्सका लागि ओपनिङ ब्याटर म्याक्स ओडाउडले अर्धशतक प्रहार गरे। उनले नटआउट ५४ रन प्रहार गर्ने क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। बलिङमा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अभिनास बोहराले १-१ विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here