ह्याकरको निशानामा किन पर्दैछ सेलिब्रेटी तथा ब्राण्डको टिकटक

काठमाडौं । टिकटकले विभिन्न ब्राण्ड र सेलिब्रेटीहरुलाई लक्षित गरी भइरहेको साइबर आक्रमणबारे अनुसन्धान गरेको छ । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एपले बीबीसीलाई भनेको छ,निकै सीमित संख्यामा एकाउन्ट ह्याक गरिएको छ ।

टिकटकले प्रयोगकर्ताहरूसँग उनीहरूको खाताहरूमा पहुँच पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छ।

टिकटकले साइबर आक्रमणका दोषी र यो कसरी गरियो भन्ने बारे थप जानकारी दिएको छैन ।

ह्याक भएकोमध्य एउटा समाचार संस्था सीएनएनको हो । टिकटकका प्रवक्ताले भने, हामीले सीएनएनसँग मिलेर एकाउन्ट एक्सेस लाई पुनर्स्थापित गर्न र उनीहरुको अकाउन्टको सुरक्षाका लागि थप सुरक्षा उपायहरु लागू गर्न सहकार्य गरिरहेका छौं ।

टिकटकले रियलिटी टिभी स्टार पेरिस हिल्टनको अकाउन्टलाई पनि निशाना बनाइएको तर त्यसमा कुनै सम्झौता नभएको बताएको छ । टिकटकमा एक करोडभन्दा बढी फलोअर्स रहेका हिल्टन यो प्लेटफर्मका सक्रिय प्रयोगकर्ता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here