भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । भारतीय मिडियाका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट गरेर राजीनामा बुझाएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार राष्ट्रपतिलाई भेटेर उनले राजीनामा दिएका हुन् । मोदीले आगामी जुन ८ मा भारतका प्रधानमन्त्रीको रूपमा तेस्रो पटक शपथ लिन सक्ने जनाइएको छ ।

हालै सम्पन्न लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपाले एकल बहुमत ल्याउनबाट चुके पछि उनी एनडीए गठबन्धन मार्फत तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ जबकि भारतमा बहुमतको लागि २७२ सिट आवश्यक हुन्छ । मोदीलाई नै तेस्रोपल्ट प्रधानमन्त्रीकारुपमा अघि सार्ने सम्भावना रहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here