सडकको बिस्कुनले दुर्घटनाको जोखिम

काठमाडौं । कालोपत्रे सडकमा जथाभावी बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेको छ।

सुनसरीका किसानले मकैलगायत अन्य अन्यबालीको बिस्कुन सडकमै सुकाउने गर्छन्। राम्रोसँग सुक्ने भएकाले अन्नबाली सडकमै सुकाउने गरेको किसानहरुको भनाइ छ ।

आधा सडक ढाक्ने गरी बिस्कुन सुकाएर छेउमा ढुङ्गा र काठले घेर्ने गरिन्छ। भित्री सडकमा यसरी जथाभावी बिस्कुन सुकाउने कार्य रोक्न स्थानीय तह र अन्य निकायले चासो दिएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here