मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड जाने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् ।

भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका रास्ट्रपती, बङ्गलादेशका तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्ने उल्लेख गरेका छन् ।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४०सिट जितेको छ । मोदीको शपथ शनिबार हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here