विश्वकप छनोट: दोस्रो लेगमा आज नेपाल र यूएई भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को दोस्रो चरण छनोट अन्तर्गतको दोस्रो लेगमा आज (बिहीबार) नेपाल र संयुक्त अरब इमिरेन्टस् (यूएई) भिड्दैछन्। साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने खेल राति पौने १० बजेदेखि सुरु हुनेछ।

एसियाली फुटबल महासंघ (एएफसी) ले मैदानको अवस्था र सुरक्षा व्यवस्थामा चासो राख्दै दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य जनाउँदै न्यूट्रल भेन्यु तय गर्न एन्फालाई पत्राचार गरेपछि अन्तिममा दुवै खेल साउदी अरबमा खेल्ने‌ भएको‌ हो ।

नेपालले घरेलु मैदानमा खेल्नु पर्ने खेल देशको एकमात्र अन्तराष्ट्रिय दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले तथष्ट भुमिका रुपमा साउदी अरबमा खेल्नु परेको हो। यसअघि यूएईसँगको पहिलो लेगमा नेपाल ४–० ले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here