नेपाल र यूएइबीच हवाई सम्झौता पुनरावलोकन हुने

काठमाडौं, ९ असोज । नेपाल र यूएइबीच द्धिपक्षीय हवाई सम्झौता हुने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४० औं महासभाका दौरान क्यानडामा यी दुई मुलुकबीच हवाई सम्झौता पुनरावलोकन हुन लागेको हो ।

सम्मेलनमा भाग लिन पर्यटनमन्त्री योगेश भट्टराईको नेतृत्वमा नेपाली टोली अहिले क्यानडामा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार सम्मेलनका दौरान नेपाल र यूएइबीच हवाई सम्झौता हुने छ भने अष्ट्रलियासँग हवाई वार्ताको तयारी छ ।

यूएई र नेपालबीच पछिल्लो समय सन् २०१५ मा हवाई सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार दुबै मुलुकका वायुसेवा कम्पनीले साताको २८ हजार सीटसम्म उडान गर्न सक्छन् ।

तर हवाई चाप बढेसँगै यो संख्या बढाउन लागिएको छ । मन्त्री भट्टराईले सम्मेलनलाई बुधबार सम्बोधन गरेका छन् ।

उनले नेपालको विशिष्ट भौगोलिक बनावट र छिनछिनमा परिवर्तन हुने मौसमले हवाई सुरक्षा चूनौतिपूर्ण भएपनि पछिल्लो समय हवाई दुर्घटनामा कमी आएको बताएका छन् ।

महासभा क्यानडाको मड्रियलमा चलिरहेको छ । यो आइकाओको ७५ औं स्थापना दिवसका अवसरमा आयोजित विशेष महासभा पनि हो । आइकाओको महासभा हरेक तीन वर्षमा बस्ने गर्छ ।

मन्त्री भट्टराईले आइकाओको झण्डा विवको सर्वोच्च टाकुरा सगरमाथामा पुर्याएको सन्दर्भ उल्लेख गर्दै नेपाल भ्रमणमा आउन संसारभरका पर्यटकलाई आह्वान समेत गरेका छन् ।

उनले इयूको कालोसूचिबाट हट्न सहकार्य भइरहेको समेत महासभालाई जानकारी गराएका छन् । नेपालमा नयाँ नयाँ विमानस्थल पूर्वाधार बनिरहेको भन्दै उनले हवाई सुरक्षा नेपालको पहिलो प्राथमिकता रहेको समेत उल्लेख गरे ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here