घाम, पानी, जाडोको परबाह नगरी हरेक दिन एउटा बिरुवा रोप्ने ‘रुख बाजे’

एजेन्सी । कम्मरमा लुङ्गी र टाउकोमा गम्छा बेरेर, एउटा हातमा फरुवा र अर्को हातमा बाल्टीमा राखिएको बिरुवा बोकेर ८१ वर्षीय एक वृद्ध घर बाहिर निस्किन्छन् । केही किलोमिटर टाढा पुगेर खाली ठाउँमा त्यो बिरुवा रोप्छन् अनि अरु बिरुवा वरिपरिका झारपात गोड्दै घर फर्किन्छन् ।

भारत पश्चिम बंगालको बाँकुडा जिल्लामा पर्ने सारेंगा गाउँका बासिन्दा श्यामापद बनर्जीको ७० वर्षदेखि यस्तो दैनिकी जारी छ । उनी गाउँमा ‘पेड दादा’ अर्थात् ‘रुख बाजे’को उपनामले विख्यात छन् ।

हालसम्म आँप, कटहर, ताड जस्ता विभिन्न प्रजातिका २० हजारभन्दा बढी रुख रोपिसकेको र आफूमा रुख रोप्ने लत लागेको बताउँछन् । दिन एउटा रुख रोप्ने उनको अभियानले गाउँमा हरियाली छ ।उनी जीवनको अन्तिम समयसम्म पनि बिरुवा रोपिरहने बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here