कुन तरकारी र फलफूलको मूल्य कति, बन्दा प्रतिकेजी २१ रुपैयाँ (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने थोरै बढेको छ।

गोलभेडा ठूलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ५० र गोलभेडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ५५, प्याज सुकेको भारतीयको ७५, काउली स्थानीयको ५०, मटरकोशाको २४०, घिउसिमी लोकलको ५० रुपैयाँ कायम भएको छ ।

यस्तै तोरीको सागको ३०, हरियो प्याजको ९०, अनारको ४०० रुपैयाँ कायम भएको छ । बन्दाको मूल्य आज प्रतिकिलो न्युनतम २१ रुपैयाँ हुँदा डल्ले च्याउ ३२५ रुपैयाँमा किनबेच भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here