पर्यटकको सुरक्षामा सक्रिय हुन महानिरीक्षक खनालको प्रहरीलाई निर्देशन

काठमाडौं, ९ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपालले आगामी वर्ष २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताए ।

प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै खनालले पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्ने बताए ।

समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार समुदायसँग पनि समन्वय गरेर प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उनको भनाइ थियो । पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी जिम्मेवारी पूरा गर्न पनि उनले प्रहरीलाई निर्देशन दिए । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here