भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

काठमाडौं । भारतको नयाँ प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । मोदीले आइतबार साँझ ६ बजे शपथ लिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here