काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आज आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तेजाबी सुन १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै , आइतबार चाँदी प्रतितोला १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
चाँदीको मूल्य प्रति तोला एक हजार ८ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य गत शुक्रवारको तुलनामा ७५ रुपैयाँले घटेको हो ।