टी-२० विश्वकप: आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज राति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् । खेल नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा राती सवा ८ बजेबाट सुरु हुनेछ ।

यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दा पाकिस्तानले अमेरिकासँग हार बेहोरेर थियो । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

यो खेल हारेमा पाकिस्तानको सुपर-८ मा पुग्ने सम्भावना कठिन हुनेछ । २०२२ मा भएको टी-२० विश्वकपमा फाइनलमा पराजित पाकिस्तान त्यसयता खराब प्रदर्शन गरिरहेको छ । भारत भने पछिल्लो समय उत्कृष्ट लयमा छ ।

भारत–पाकिस्तानबीच भएको पाँच खेलमा सुरुमा बलिङ गर्ने टोलीले खेल जितेको छ ।

सन् २०२१ मा पाकिस्तानले विश्वकपमा पहिलो पटक भारतलाई हराएको थियो । त्यस खेलमा पाकिस्तानले सुरुमा बलिङ गरेको थियो । अर्थात् दोस्रो ब्याटिङ गर्ने टोलीले ७१ प्रतिशत खेल जितेको छ ।

दुवै टोलीले एकअर्काविरुद्ध अहिलेसम्म कुल १२ टी–२० खेलेका छन् । त्यसमा पनि पछि ब्याटिङ गर्ने टोलीले ९ पटक जितेको छ भने पहिलो ब्याटिङ गर्ने टोलीले ३ खेल जितेको छ ।

सन् २०२१ बाट पीछा गर्न सजिलो छ, शीर्ष १० टोलीहरूको ५० प्रतिशत टी-२० खेलहरू पछ्याउने टोलीहरूले जितेका छन् । पहिले ब्याटिङ गर्ने टोलीहरू ४३ प्रतिशत मात्र सफल भए । बाँकी खेल निर्णायक वा बराबरीमा सकियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here