भुपरिवेष्ठित मुलुकको कनेक्टिभिटी र ट्रान्जिटमा सघाउन विकसित मुलुकलाई परराष्ट्र मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं, ९ असोज । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भुपरिवेष्ठित मुलुकको कनेक्टिभिटी र ट्रान्जिटमा सघाउन विकसित मुलुकलाई आग्रह गरेका छन् ।

संयुक्त राष्ट्र संघको ७४ औं महासभाको साइडलाइनमा आयोजित भुपरिवेष्ठित विकासशील मुलुकहरु (एलएलडीसी)को वार्षिक मन्त्रीस्तरीय बैठकलाई सम्बेधन गर्दै उनले कमविकसित भुपरिवेष्ठित मुलुकमा पूर्वाधारको चरम अभाव भएको बताए ।

‘एलएलडीसीहरुले आफूहरु र आफ्ना ब्यापार तथा साझेदार मुलुकबीच बलियो, दीगो र प्रभावकारी साझेदारीको विकास गर्नु पर्छ,’ उनले भने ।

एलएलडीसीका परराष्ट्र मन्त्रीहरु तथा उच्च अधिकारी, विकास साझेदार र राष्ट्रसंघीय संस्थाका प्रतिनिधिहरुले बैठकमा भाग लिएका थिए ।

यसैवीच नेपाल र घानावीच दौत्य सम्बन्ध स्थापना भएको छ ।

परराष्ट्र मन्त्री ज्ञवाली र उनका घानाका समकक्षी आयोरकोर बोचवीले बुधवार दौत्य सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरे । यो सँगै नेपालको औपचारिक सम्बन्ध भएका मुलुकको संख्या १ सय ६८ पुगेको छ ।

यसै गरी परराष्ट्र मन्त्री ज्ञवालीले साउदी अरेबिया तथा बहराइनका विदेश मन्त्रीहरुसँग श्रम तथा आर्थिक सहकार्यलगायत विषयमा छलफल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here