झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ८ वटाको जीवितै उद्धार, २ को मृत्यु

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका दुई वटा खच्चड मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ खच्चड अड्किएकोमा ८ खच्चडको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उद्धारका क्रममा एक खच्चड पुलमै मरिसकेको र अर्को जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले बताएको छ । जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन् । फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो ।

नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ । ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here