मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

काठमाडौं । नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ । जेठ १५ गते प्रस्तुत गरेको बजेटमा आधारित रही राष्ट्रबैंकले मौद्रिक नीति बनाउने गृहकार्य थालेको हो ।

बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा राय/ सुझाव दिन आग्रह गरेको छ । राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटलाई आधार मानेर मौद्रिक नीति ल्याउनु पर्छ।

केन्द्रिय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आइरहेको छ । उक्त ऐनको परिच्छेद-५ को दफा ४४ ले मौद्रिक नीति निर्माण तथा कार्यान्वयन गर्ने पूर्ण अधिकार राष्ट्र बैंकलाई दिएको छ । असार १६ गतेसम्म आफ्नो राय सुझाव पेश गर्न राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आफ्ना राय/सुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८१ असार १६ भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले ल्याउने आगामि आर्थिक वर्षको मौद्रिक नीतिको लागि केन्द्रिय बैंकको अनुसन्धान विभागको इमेल ठेगानामा सुझाव पेश गर्न सकिने बैंकको आर्थिक अनुसन्धान विभागले जनाएको छ ।

यससँगै विभिन्न क्षेत्रका सरोकारवालाहरुले आफ्ना सुझावहरु राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ‘monetarypolicy@nrb.org.np’ मा पठाउन सक्नेछन् । त्यस्तै, ०१-४४१७४९७ मा फोन गरेर वा ०१–४४३३३६५ मा फ्याक्स गरेर समेत मौद्रिक नीतिका लागि सुझाव दिन सकिने बैंकले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here