पाकिस्तानविरुद्ध भारत ६ रनले विजयी

एजेन्सी । आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा खेल जित्न १२० रनको लक्ष पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्याे।

पाकिस्तानका लागि मोहम्मद रिज़वानले ४४ बलमा सर्वाधिक ३१ रन बनाए। यस क्रममा उनले १ छक्का र १ चौका प्रहार गरे।

यसैगरी कप्तान बाबर आजमले १० बलमा, उस्मान ख़ानले १५ बलमा र फ़ख़र ज़मानले ८ बलमा समान १३ रनको योगदान दिए।

इमाद वसीमले १५, नसीम शाहले १०, शादाब ख़ानले ४ र इफ़्तिख़ार अहमदले ५ रन बनाए। पाकिस्तानका शाहीन शाह अफ़रीदी भने शून्य रनमा आउट भए।

भारतका लागि जसप्रीत बुमराहले ४ ओभरमा १४ रन खर्चिँदै ३ विकेट लिए। हार्दिक पंड्याले २, अर्शदीप सिंह र अक्षर पटेलले समान एक-एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here