त्रिभुवन विमानस्थलमा उद्धारको पूर्वाभ्यास, १ बजेदेखि १ :३० सम्म उडान रोकिने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारको पूर्वाभ्यास गरिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै सोमबार दिउँसो पूर्वअभ्यास गर्ने बताएको छ।

विमानस्थल संकटकालीन योजनाअन्तर्गत विमानस्थलमा हुने जहाज दुर्घटनाको पूर्वाभ्यास गर्न लागिएको जानकारी दिएको छ।

यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँ देख्न सकिन्छ, सूचनामा उल्लेख छ ुसाथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको पनि देख्न सकिनेछ ।

अभ्यासका क्रममा दिउँसो १ बजेदेखि १:३० बजे सम्म विमानस्थल बन्द हुनेछ । जसले गर्दा नियमित उडान अवतरण प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ।